कोरोना ‘हटस्पट’ नेपालगञ्जमा १ हजार जनाको पीसीआर परीक्षण हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले नेपालमा कोरोनाको हटस्पट बनेको नेपालगञ्जमा र वीरगञ्जमा १ \१ हजार गरी दुई हजार जनाको नमुना परीक्षण गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको जोखिममा रहेका नेपालगञ्ज र वीरगञ्ज गरी दुई हजार जनाको स्वाब संकलन गरिने बताए । उदयपुरमा भने ५ सय स्वाब संकलन गरिने मन्त्रालयलले जनाएको छ ।
उनले स्वाब संकलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महामाखाको टोली सेनाका चिकित्सकसहित सो क्षेत्रमा गइसेकेको बताए । नेपालगञ्जमा एउटै टोलका २३ जनाका संक्रमण देखिएको थियो । सबै संक्रमितको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यसैगरी वीरगञ्जमा बुधबार मात्रै दुई महिने शिशुसहित १७ जनामा संक्रमण देखिएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम