कोशी अस्पतालमा रहेका ६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमण भएर विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा भर्ना भएका ६ जना संक्रमित आज अस्पतालबाट डिस्चार्ज भएका छन्। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका थिए । उनीहरुमध्ये ६ जना आज डिस्चार्ज भएका हुन् ।
उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा भने अझै पोजेटिभ रिपोर्ट देखिएपछि उनीहरु भने डिस्चार्ज हुन पाएनन्। अस्पतालले १३ जना संक्रमितको अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि दोस्रो र तेस्रो स्वाब संकलन गरेर परीक्षण गर्दा समेत ६ जनामा नेगेटिभ नै देखिएपछि उनीहरुको डिस्चार्ज गर्न सिफारिस गरिएको अस्पतालले जनाएको छ ।
उनीहरुलाई डिस्चार्ज गरिएको भएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भनिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम