भारतमा कोरोना कहर: एकैदिन ३ हजार ९ सय संक्रमित फेला
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा कडा लकडाउनका बावजुत पनि कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।
२४ घण्टामा ३हजार ९ सय नयाँ संक्रमित फेला परेका छन्। योसँगै भारतमा संक्रमितको संख्या ४६ हजार ७ सय ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसैगरी मृत्यु हुनेको संख्या १५ सय ८३ पुगेको छ । गत २४ घण्टामा मात्रै १ सय ९५ जनाले ज्यान गुमाएका छन्। यसैगरी कोरोनाको उपचार पछि निको भएर घर फर्किनेको संख्या १३ हजार १ सय ६१ रहेको छ ।
भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै १५ हजार बढी संक्रमित भेटिएका छन्। २४ घण्टामा यहाँ ८ सय ४१ नयाँ संक्रमित फेला परे भने ३४ जनाले ज्यान गुमाएका छन्। मुम्बईमा मात्रै १० हजार भन्दा बढी संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम