हालसम्म १३ हजार ८ सय ५० जनाको पीसीआर परीक्षण, ८२ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा हालसम्म पीसीआर विधिमार्फत १३ हजार ८ सय ५० जनाको परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुराको जानकारी दिएका हुन्। यसैगरी मन्त्रालयका अनुसार आरडीटी विधिमार्फत हालसम्म ५२ हजार २ सय २७ जनाको परीक्षण गरिएको छ । आजसम्मको तथ्यांक अनुसार नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन्। प्रदेश नंबर १ मा ३१ जना, प्रदेश २ मा १३ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा २४ र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएका हुन्।
संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत २४ घण्टामा १ हजार ५ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ । यसैगरी २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन्। कोरोनाको आशंकामा आइसोलेसनमा रहनेको संख्या १ सय २० रहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएकाे छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम