क्वारेन्टाइन लाँदै गर्दा मृत्यु भएका बैतडीका लुहारको कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: क्वारेन्टाइन लाँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको स्वाब परीक्षण गर्दा कोरोना रिपोट नेगेटिभ आएको हो। उनको स्वाव परिक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको थियो। मंगलबार बिहान उनको कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
लुहारको वैशाख २० गते क्वारेन्टाइनमा जाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए। एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै एक महिना बसेका थिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम