वीर अस्पतालमै सकियो किट, कोरोना परीक्षण दुई दिनदेखि बन्द
कल्पना आचार्य \काठमाडौं: काठमाडौंको वीर अस्पतालमै कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्ट्रयाक्सन’ किट सकिंदा दुई दिनदेखि परीक्षण रोकिएको छ ।
वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले किटको अभावमा परीक्षण दुई दिनदेखि रोकिएको बताए । उनले भने, ‘यसका लागि स्वास्थ्य मन्त्रालयमा एक सातादेखि भनिरहेका छौं तर अहिलेसम्म किट आइपुगेको छैन्।’ उनले वीर अस्पतालले पाएको किट मन्त्रालयकै अनुरोधमा ६ नं प्रदेशमा पठाएकाले अस्पतालमा कम परेको बताए ।
किट नहुँदा दैनिक रुपमा २० देखि २२ जनासम्मको काराेना परीक्षण हुँदै आएकोमा अहिले साे ठप्प भएको वीर अस्पतालकी प्याथोलोजी विभागकी प्रमुख डा. प्रतिभा विष्टले जानकारी दिइन्। वीरले जम्मा ४०० किट पाएकोमा त्यसमा पनि मन्त्रालयको अनुरोधमा २ सय किट पुन:उनीहरुकै प्रयोजनका लागि दिइएको थियो । कोरोनाको संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बेलामा किटको अभाव भएको छ, उनले भनिन्।
वीर अस्पतालमा ल्याबका लागि दक्ष जनशक्ति एवं मेशिन हुँदाहुँदै पनि किटको अभावमा परीक्षण रोकिनु दुर्भाग्य भएको उनकाे भनाइ छ।
सरकारले देशभरका १८ स्थानमा पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न शुरु गरेको भए पनि कतिपय स्थानमा किटको अभावमा परीक्षण रोकिने क्रम बढेको छ । सरकारले हिजो मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर विधिमार्फत कोरोना परीक्षण शुरु गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३ हजार ६४० जनाको मात्र पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित