Health TV Online
Health TV Online
Health TV Online

नेपालगञ्जमा फेरी थपिए ७ जना, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्जमा फेरी थपिए ७ जना, संक्रमितको संख्या ८२ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौ: नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा थप ७ जना संक्रमित थपिएको जनाएको हो । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भेरी अस्पतालमा  सोमबार साँझ  गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु मध्ये ३ जना पुरुष र चार जना महिला रहेका छन्। उनीहरु पनि नेपालगञ्जका पहिलो संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका आफन्तहरु रहेको बताइएको छ । योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ भने नेपालमा ८२ पुगेको छ । नेपालगञ्जमा यसभन्दा अघि शुक्रबार एक जनामा र आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको सम्पर्कमा आउनेको परीक्षण गर्न शुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार