Health TV Online
Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि कोरोना परीक्षण शुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि कोरोना परीक्षण शुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं: जुम्लामा पनि पीसीआर विधि मार्फत कोरोना परीक्षण शुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल जुम्लामा पीसीआर विधि मार्फत कोरोना परीक्षण शुरु भएको हो।

सोमबारदेखि कोरोना परीक्षण शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए । उनले  मुगुको विकट गाउँमा खटिएका ७ जना स्वास्थ्यकर्मी र एक जना स्थानीयको स्वाबको नमुना परीक्षण गरेर सेवा शुरु गरेको बताए ।

डा रावलले प्रतिष्ठानले आफनै खर्चमा पीसीआर मेशिन किनेर सेवा सञ्चालनमा ल्याएको बताए । हाललाई एक पटकमा ९४ जनाको नमुना परीक्षण गर्न सकिने पनि उनले जानकारी दिए । यद्यपी धेरै संख्यामा परीक्षण गर्न परेमा दुई सिफ्टमा काम गर्न सकिने पनि उनले जानकारी दिए। जुम्लामैं पीसीआर विधिमार्फत परीक्षण शुरु हुँदा नमुना अन्यत्र पठाउन नपर्ने र रिपोर्ट पनि छिटो आउने भएकाले अब सहज हुने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरका १७ स्थानबाट पीसीआर विधि मार्फत कोरोना परीक्षण हुँदै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार