नेपालगञ्जमा कोरोना सर्तकता: तीन दिन घरबाहिर निस्कन समेत नपाइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: एकैपटक १६ जना कोरोना संक्रमित फेला परेपछि बाँके प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गर्दै घरबाहिर निस्कन समेत बन्देज लगाउने भएको छ।
लकडाउन पूर्ण रुपमा पालना नगरेका कारण कोरोना संक्रमण बढेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । मंगलबारदेखि शुरु हुने उक्त समय बिहिबार रातीसम्म जारी रहनेछ। योसँगै सरकारले घोषणा गरेको लकडाउन पनि जारी नै रहने बताइएको छ ।
नेपालगञ्ज कोरोनाको हटस्पट बन्न थालेको भन्दै यसको संक्रमण रोक्नका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्नका लागि यो कदम चालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । नेपालगञ्जमा गत शुक्रबार ६० वर्षीय एक जना पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार थप १५जनामा कोरोना देखिएको थियो । संक्रमित १६ जना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम