Health TV Online
Health TV Online
Health TV Online

‘डिस्इन्फेक्सन स्प्रे’ मानिसमा छर्ने होइन्: स्वास्थ्य मन्त्रालय

‘डिस्इन्फेक्सन स्प्रे’ मानिसमा छर्ने होइन्: स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना संक्रमण कम गर्न भन्दै मानिसमा नै डिस्इन्फेक्सन केमिकल छरेको प्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केमिकल मानिसमा छर्दा कोरोना भाइरस मर्ने नभई उल्टो अनेकौं समस्या ल्याउने बताए । उनले केही व्यक्तिहरुले मानिसमा डिस्इन्फेक्सन गर्ने भन्दै केमिकल छरेकोमा आपत्ति जनाउँदै यसलाई तुरुन्त रोक्न आग्रह गरे ।

उनले भने, ‘कुनै पनि सामानलाई स्प्रे गरेर सुरक्षित गर्न सकिन्छ तर त्यसको मतलब मानिसमा छर्ने होइन।’ उनले यस्तो केमिकलले छाला, आँखा, साथै श्वासप्रश्वासमा समेत समस्या निम्त्याउने हुँदा यस्ता कार्य तत्काल बन्द गर्नुपर्नेमा जोड दिए ।  जनस्वास्थ्य विज्ञहरुले यस्ता कार्यले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै यसलाई रोक्न आग्रह गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार