हेलिकप्टरबाट सुत्केरीको उद्दार
शेर भण्डारी\ डडेल्धुरा : धनगढीबाट एक सुत्केरीको उद्दार गरी काठमाडौं लगिएको छ । बझाङको केदारस्यू गाउँपालिका २ की ३३ वर्षीया जानकी रावलको धनगढीबाट हेलिकप्टरबाट उद्दार गरिएको हो।
बझाङमा ११ दिन अघि छोरी जन्माएकी उनलाई पेट सुन्निएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो। डडेल्धुरा अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई धनगढीको सेती प्रादेशिक अस्पताल रिफर गरेको थियो। सो अस्पतालमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टर मार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको छ।
सुदूरपचिम सरकारको एयर लिफ्ट कार्यक्रम मार्फत उनको उद्दार गरिएको सामाजिक विकास मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले जानकारी दिए।
रावलकी ११ दिनकी छोरीलाई भने धनगढीमा नै राखिएको बताइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम