क्यान्सर बिरामीका लागि क्यान्सर सहयोग समूहले शुरु गर्यो निशुल्क यातायात सेवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: लकडाउनका कारण क्यान्सर बिरामीलाई अस्पतालसम्म आउन समस्या भएपछि उनीहरुका लागि निशुल्क यातायातको व्यवस्था गरिएको छ ।
नेपाल क्यान्सर सहयोग समूहले लकडाउनका कारण समस्यामा परेका क्यान्सर बिरामीलाई अस्पताल आउन र जान यातायातको व्यवस्था गरेको हो । क्यान्सरका बिरामीलाई नियमित फलोअप, किमोथेरापी, रेडियोथेरापी दिन आउनै समस्या भएपछि सहयोग समूहले सो को लागि पहल गरेको समूहकी सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिइन्।
हालका लागि उपत्यका भित्र मात्र सेवा शुरु गरिएको भए पनि लकडाउन लम्बिदै जाँदा यो सेवा उपत्यका बाहिर पनि शुरु हुने उनले जानकारी दिइन्। क्यान्सर सहयोग समूहले धेरै वर्षदेखि क्यान्सर बिरामीको हकहित र उनीहरुको उपचारमा पनि सहयोग गर्दै आएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित