नेपालगञ्जका ९ जना संक्रमित अघिल्ला संक्रमितका आफन्त र छिमेकी रहेको पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं: आइतबार नेपालगञ्जमा एकैपटक ९ जना व्यक्तिमा कोरोना संक्रमण देखियो । ती नौं जना संक्रमित अघिल्लो पटक दुई दिन अघि मात्र कोरोना पुष्टि भएका ६० वर्षीय संक्रमतिको सम्पर्कमा आएका आफन्त र छिमेकी रहेको पाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले वैशाख १९ मा कोरोना पुष्टि भएका संक्रमितको सम्पर्कमा आउनेहरु ९० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा आज ९ जनामा संक्रमण देखिएको बताए । उनले आज भेटिएका सबै संक्रमित यसअघिका संक्रमितका आफन्त र छिमेकी रहेको बताए । उनले नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा ९० जनामध्ये केहीको रिपोर्ट अझै आउन बाँकी रहेको पनि जानकारी दिए ।
आज पुष्टि भएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनले तत्कालका लागि सबै संक्रमितको उपचार सोही अस्पतालमा हुने बताए । उपाध्यायका अनुसार संक्रमितहरुमा कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ ।
आज पुष्टि भएका १० जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । यसैगरी १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित