Health TV Online
Health TV Online
Health TV Online

वीरगञ्ज र नेपालगञ्जमा गरी आजै थप १० जनामा कोरोना पुष्टि

वीरगञ्ज र नेपालगञ्जमा गरी आजै थप १० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जमा ९ जना र वीरगञ्जमा एक जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। यसैगरी उनीहरुको उमेर ७ देखि ५८ वर्ष सम्म रहेको बताइएको छ । उता आज संक्रमित वीरगञ्जका ३६ वर्षीय पुरुष हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार