विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४३ हजार बढी नाघेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ३४ लाख २३ हजार नाघेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ८३ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसैगरी अमेरिकापछि बढी कोरोना संक्रमणबाट इटलीमा २८ हजार २ सयले ज्यान गुमाएका छन्। बेलायतमा २७ हजार ५ सय, स्पेनमा २५ हजार १ सय, फ्रान्समा २४ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ३७ पुगेको छ भने १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या १८ हजार १ सय १४ पुगेको छ भने ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म ५९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित