२४ घण्टामा १ हजार २ सय ५२ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले गत २४ घण्टामा १ हजार २ सय ५२ जनाको कोरोना आशंकामा परीक्षण गरिएको जनाएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ घण्टामा १ हजार २ सय ५२ जनाको परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले यो २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण नदेखिएको पनि जानकारी दिए।
उनले हालसम्म पीसीआर विधिमार्फत १३ हजार ९८ जनाको र र्यापिड डायग्नोष्टिक किट मार्फत ४८ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको बताए । यसैगरी कोरोना आशंकामा देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८९ जना राखिएको छ । शनिबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ९ सय ७८ रहेको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम