अछाममा आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु
शेर भण्डारी\ डडेल्धुरा: कोरोना आशंकामा जिल्ला अस्पताल अछामको आईसोलेसनमा भर्ना भएकी ५१ वर्षीय महिलाको मृत्यु भएको छ।
अछामका कोभिड- १९ सम्पर्क व्यक्ति देवदत्त जोशीका अनुसार उच्च ज्वरो आएपछि उनलाई तीन दिन अघि मात्र अस्पतालमा भर्ना गरिएको थियो । बिहिबार बिहान उनको मृत्यु भएको हो। उच्च ज्वरो आएका कारण कोरोनाको आशंका गर्दै उनको र्यापिड डायग्नोष्टिक विधि मार्फत कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । उनको मृत्यु कोरोनाको कारणले हो वा हैन भन्ने एकिन गर्न मृत्यु पश्चात थ्रोट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
उनको नमुना संकलन गरी सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए। प्रमुख ढुंगानाका अनुसार बैशाख १६ गते ज्वरो आएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पीसीआरको रिपोर्ट आएपछि मात्रै उनमा कोरोना हो वा होइन भन्ने थाहा हुने उनले जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम