क्वारेन्टाइनमा रहेका महिलालाई आफना बच्चालाई नियमित स्तनपान गराउन स्वास्थ्य मन्त्रालयकाे आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्वारेन्टाइनमा रहेका महिलालाई आफनो बच्चालाई नियमित स्तनपान गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । बिहिबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कतिपय क्वारेन्टाइनमा बसेका महिलाले कोरोना सर्छ की भन्ने डरले स्तनपान नगराइरहेको भन्दै यसरी डराउन नपर्ने बताए ।
उनले हालसम्म स्तनपान गराएका बच्चालाई आमाबाट कोरोना सरेको तथ्य नपाइएकाले आफना बच्चालाई आफू सुरक्षित रहेर स्तनपान गराउन सकिने बताए । उनले स्तनपान गराउँदा भने मास्क लगाउने,साबुन पानीले हात धोएपछि मात्र बच्चालाई छुने र सरसफाईमा ध्यान दिनुपर्नेमा भने जोड दिए । स्तनपान नगराउँदा पछि बच्चाको स्वास्थ्यमा असर पर्ने भन्दै दुई वर्ष मूनिका बच्चा भएका सबै महिलालाई ढुक्क भएर आफना बच्चालाई स्तनपान गराउन आग्रह गरे ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित