Health TV Online
Health TV Online
Health TV Online

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं:  गैर आवासीय नेपाली संघले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघलाई कोरिया, चीन, हङकङ र मकाउले उपलब्ध गराएका सामग्री उपाध्यक्ष सोनाम लामाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन ।

स्वाथ्य सामग्री हस्तानतरण कार्यक्रममा मन्त्री ढकालले यी सामग्रीहरु पारदर्शी ढंगबाट प्रयोग हुने र त्यसको विवरण सबैले हेर्न सकिने बताए ।

देशमा कोरोना महामारीको त्रासका बेला विदेशमा छरिएर रहेका नेपालीले गरेको सहयोगको लागि मन्त्री ढकालले धन्यवाद दिएका थिए ।  उनले सबैको साथले अहिलेसम्म कोरोना समूदायमा फैलनबाट जोगिएको र यस्तै सहयोगको अपेक्षा गरेको समेत बताए ।

संघले ३ सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन ९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ २ हजार थान उपलब्ध गराएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार