Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर पीडित बलिउड अभिनेता ऋषि कपुरको निधन

क्यान्सर पीडित बलिउड अभिनेता ऋषि कपुरको निधन

हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतीय फिल्म इण्डस्ट्रीका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरको मुम्बईको एक अस्पतालमा आज बिहान साढे ८ बजे मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

ऋषि लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । ल्युकेमिया नामक क्यान्सरबाट पीडित उनले अमेरिकामा उपचार गराइरहेका थिए । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा मात्र भारत फर्किएका थिए । बुधबार मात्रै भारतका अर्का चर्चित अभिनेता इरफान खानको पनि मृत्यु भएको थियो ।

थप समाचार