महाकाली पारि क्वारेन्टाइनमा रहेकाहरुले आज नेपाल प्रवेश गर्न पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतको उत्तराखण्डको पिथौरागढका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरु आज नेपाल आउन पाउने भएका छन्।
पिथौरागढको धार्चुला, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन लागिएको हो । उनीहरुलाई नेपाल आइसकेपछि पनि थप १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने शर्तमा नेपाल प्रवेश दिन लागिएको हो ।
सुदूरपश्चिमका बासिन्दा धेरै रोजगारीका लागि भारत जाने गर्छन । कोरोना महामारीका कारण भारतमा लकडाउन शुरु भएपछि उनीहरु घर फर्कनका लागि आउँदै गर्दा नेपाल भारत सिमामा रोकिएका थिए । लगभग एक महिना भारतको क्वारेन्टाइनमा बिताएका उनीहरुले आज भने नेपाल प्रवेश गर्न पाउने भएका हुन्।
घर फर्किन खोज्दा लकडाउनका कारण नेपाल सरकारले सीमा खोल्न नमानेपछि उनीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको थियो । यसरी क्वारेन्टाइनबाट फर्किनेमा स साना बालबालिका र महिला पनि रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम