भारतमा बढ्दै कोरोना संक्रमित, २४ घण्टामा ५१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौंं : भारतमा २४ घण्टामा ५१ जनाको कोरोना भाइरसको संक्रमणको कारण ज्यान गएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ९ सय ७४ जना कोरोनाबाट संक्रमित भइसकेका छन्। यसैगरी अहिलेसम्म मृत्यु हुनेको संख्या ९ सय ३७ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा नै १ हजार ५ सय ९४ जना नयाँ संक्रमित फेला परेको बताइएको छ ।
यसैगरी हालसम्म ७ हजार ७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। भारतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको एक महिना भन्दा बढी भइसकेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित