स्वास्थ्य सचिवको अभद्र बोलीप्रति चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले चिकित्सकमाथि अभद्र बोली गरेको भन्दै आपत्ति जनाएको छ ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव कोइरालाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा करारमा कार्यरत डा शेर बहादुर पुनलाई अभद्र र अशोभनीय भाषा प्रयोग गर्दै बोलेको भन्दै आपत्ति जनाएको हो ।
सचिव कोइरालाले डा पुनकाबारेमा एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिंदै डा पुन करारमा रहेको भन्दै तुच्छ शब्द प्रयोग गरेका थिए । उनले करारका डाक्टरलाई हेपेर बोलेको भन्दै संघले यसबारेमा ध्यानाकर्षण गराएको हो । कोरोना महामारीका बेला फ्रन्टलाइनमा रहेर खटिएर काम गरेका चिकित्सकलाई प्रोत्साहन गर्नुको सट्टा उल्टो अभद्र बोली गरेर विभेद गरेकोमा संघले आपत्ति जनाएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवार व्यक्तिले करार, ज्यालादारी, स्थायी भनेर विभेद गर्दै दिने यस्तो अभद्र अभिव्यक्तिले चिकित्सकको मनोबल उच्च पार्न नसक्ने र स्वास्थ्य सेवा प्रवाहलाई नै असर गर्न सक्ने उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको सट्टा स्थायी दरबन्दी बृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न समेत संघले माग गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम