Health TV Online
Health TV Online
Health TV Online

झापामा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

झापामा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

 हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै झापाका एक ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले झापाका ५० वर्षीय पुरुषमा कोरोना देखिएको बताए । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।  योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार