२४ घण्टामा २ हजार ९६ जनाको परीक्षण, ११० जना आइसोलेसनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोनाको आशंकामा गत २४ घण्टामा २ हजार ९६ जनाको नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सो कुराको जानकारी दिएको हो । आइतबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा २ हजार ९६ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको बताए। यसैगरी हालसम्म पीसीआर विधिमार्फत ९ हजार ९ सय ३१ जनाको नमुना परीक्ष्ण गरिएको र ४१ हजार ४ सय ३६ जनाको आरडीटी विधिमार्फत परीक्षण गरिएको पनि उनले जानकारी दिए । दुबै विधिमार्फत हालसम्म ५१ हजार ३ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।
उनले आज वीरगञ्जमा थप दुई जनामा कोरोना पोजेटिभ पाइएपछि संक्रमितको संख्या ५१ पुगेको बताए । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार २५ जना रहेको बताइएको छ । उता आइसोलेसनमा बसेकाको संख्या ११० रहेको छ । उपत्यकामा ४ जना र उपत्यका बाहिर १०६ जना रहेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम