Health TV Online
Health TV Online
Health TV Online

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जितेर घर फर्किए

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जितेर घर फर्किए

हेल्थ टिभी अनलाइन \काठमाडौं: वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित आज घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीरगञ्जका ४ जना कोरोना संक्रमित एकैपटक कोरोना जितेर घर फर्किएको बताए । आइतबार डिस्चार्ज हुनेहरुमा छपकैयाको मस्दिजमा बसेका ३ भारतीय र रौतहटका एक किशोर रहेको मन्त्रालयले जनाएको छ । रौतहटका किशोर १२ दिनमा र अन्य तीन जना १५ दिनमा घर जान लागेका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर जानेको संख्या १६ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार