आज वीरगञ्जका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएको बताएको हो ।
मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका वीरगंजका ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण भएको बताइएको छ । मन्त्रालयले उनीहरु हाल आइसोलेसनमा रहेको पनि जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम