कोरोना आशंकामा ८७ जना आइसोलेसनमा, आज नयाँ संक्रमित देखिएनन्
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोनाको आशंकामा देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा रहेको बताएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ८७ जना आइसोलेसनमा रहेको बताएका हुन्। उनले उपत्यकामा ३ जना र उपत्यका बाहिर ८४ जना रहेको बताए । यसैगरी शनिबारसम्म विभिन्न देशबाट आएका र सम्भावित संक्रमित भन्दै क्वारेन्टाइनमा रहनेको संख्या १४हजार ७ सय ३१ जना रहेको छ ।
यसैगरी २४ घण्टामा १ हजार ९ सय ४५ जनाको कोरोनाको आशंकामा परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या ४९ हजार ३ सय ३६ पुगेको छ। उनले शनिबार कसैमा पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको पनि जानकारी दिए ।
शुक्रबार झापामा भेटिएका संक्रमितको कन्टयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए । उनलाई एक महिना अघि दुबईबाट आएका छोराबाट कोरोना सरेको आशंका गरिएको छ ।
नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जना उपचारपछि निको भएर घर फर्केका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित