सेती अस्पतालमा उपचाररत संक्रमित महिलाको चौंथो रिपोर्ट पनि पोजेटिभ
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको चौंथो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उपमहानगरपालिका -५ की ३४ वर्षीया महिलाको चौंथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो।
संक्रमित महिलाको चार पटकसम्म परीक्षण भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती महिलाको पुनः परीक्षण गरिनेछ। दुईपटक परीक्षण गरेपश्चात रिपोर्ट नेगेटिभ आएमा मा उनलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
उनीसँगै भर्ना भएका दुई जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्। उनको अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसमा उनको मात्रै उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। संक्रमित महिलालाई दुबईबाट आएका उनका देवरबाट कोरोना सरेको आशंका गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित