भारतमा कोरोना रिपोर्टिङमा खटिने पत्रकारका लागि १० लाख वीमा
हेल्थ टिभी अनलाइन: भारतमा कोरोना महामारीका बेला फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकारका लागि १० लाखको वीमा गर्ने भएको छ । भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहर लाल खट्टरले फिल्ड रिपोर्टिङ गर्ने पत्रकार पनि कोरोनाको जोखिममा हुने भएकाले स्वास्थ्यकर्मी जस्तै उनीहरुको पनि वीमा गरिने बताएका हुन्।
उनले देशमा पत्रकार धमाधम संक्रमित हुन थालेपछि उनीहरुको पनि वीमा गर्ने जिम्मा राज्यको हो भन्दै फिल्डमा खटिने पत्रकारकावारेमा मिडिया हाउसलाई नाम टिपाउन आग्रह गरेको बताए । उनले भने, ‘जति पनि पत्रकार फिल्डमा सूचना संकलनका लागि जान्छन् उनीहरु सबैको हामी १० लाख बराबरको वीमा गर्दैछौं ।’ योसँगै उनले ट्वीट गर्दै स्वास्थ्यकर्मी पछि पत्रकार यो महामारीको चपेटामा पर्नसक्ने भन्दै रिपोर्टिङ गर्दा सावधानी अपनाउन आग्रह समेत गरेका छन्।
केही दिनअघि मात्र मुम्बईमा एकैपटक ५३ जना पत्रकारलाई कोरोना संक्रमण देखिएको थियो । त्यसलगत्तै चेन्नईमा पनि पत्रकारमा परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ पाइएको थियो । धमाधम फिल्डमा रिपोर्टिङ गर्ने पत्रकार संक्रमित हुन थालेपछि उनीहरुका लागि हरियाणा सरकारले वीमाको कार्यक्रम ल्याएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम