भोजपुरका २६ वर्षीय युवकमा देखियो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : भोजपुरका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आज भोजपुरका एक जना २६ वर्षीय युवकमा कोरोना पोजेटिभ पाइएको बताएको हो ।
मन्त्रालयले वेवसाइट मार्फत सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको छ । संक्रमित व्यक्ति विदेशबाट आएको बताइए पनि उनकावारेमा थप विवरण भने आइनसकेको मन्त्रालयले जनाएको छ।आजै दिउँसो दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम