दिल्लीमा एकै परिवारका ११ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन: भारतको दिल्लीमा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण देखिएको छ । दिल्लीको जामा मस्जिद नजिक बस्ने एक परिवारमा यो संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चुराको व्यापार गर्ने उक्त परिवारमा एक जना सदस्य एक महिनाअघि विदेशबाट आएको बताइएको छ । उनलाई ज्वरो आएपछि परीक्षण गर्न अस्पताल गएका थिए । अस्पतालले कोरोना संक्रमण भएको बताएपछि परिवारका अन्य सदस्यको पनि जाँच गरिएको थियो । उनको प्रत्यक्ष सम्पर्कका आएका १८ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ पाइएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।
संक्रमितमध्ये एक जना डेढ महिनाका शिशु पनि रहेको बताइएको छ । संक्रमित सबैको त्यहाँको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी संक्रमितको सम्पर्कमा आउनेलाई होम क्वारेन्टाइनमा राखिएको बताइएको छ । दिल्लीमा मात्रै अहिलेसम्म २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम