सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज
शेर भण्डारी \डडेल्धुरा: सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
लगातार तेश्रो र चौथो रिपोर्टमा कोरोना नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ४० वर्षीय युवकलाई अस्पतालले डिस्चार्ज गरेको हो। उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको थियो।
यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय अर्का संक्रमित युवकलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ। भारतको उत्तराखण्डमा काम गर्दै आएका उनी चैत १३ गते त्यहाँबाट गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए। १८ दिन लामो उपचारपछि उनी घर फर्केका हुन्।
हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका–१ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम