विश्वभर २५ लाख भन्दा बढीलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: विश्वभर कोरोना संक्रमितको संख्या २५ लाख बढी नाघेको छ ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार २५ लाख ६१ हजार ४४ जनालाई कोरोना संक्रमण पुष्टि भइससकेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट १ लाख ७६ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा भएका छन्। अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ९३ हजार नाघेको छ । यसैगरी अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नै ४२ हजार भन्दा बढी छ ।
उता अमेरिकापछिको प्रभावित इटलीमा २४ हजार बढीको ज्यान गएको छ । यसैगरी १ लाख ८१ हजार भन्दा बढी संक्रमित भएका छन्। कोरोना संक्रमणबाट स्पेनमा २० हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । दुई लाख भन्दा बढी संक्रमित भएका छन्। नेपालमा हालसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम