Health TV Online
Health TV Online
Health TV Online

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  विश्वभर कोरोना भाइरस संक्रमणका कारण एक लाख ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी २४ लाख ७५ हजार बढी मानिस कोरोना भाइरसको संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको जनाएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ भने ४२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ । कोरोनाका कारण इटालीमा २४ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । यसैगरी संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।

यसैगरी स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ। दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ । बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार