भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये धेरैजसो विद्युतीय सञ्चारमाध्यममा कार्यरत पत्रकार छन्।
गत साता पत्रकारका लागि विशेष कोरोना स्क्रिनिङ गर्दा उनीहरुमा संक्रमण भेटिएको बताइएको छ । मुम्बईको टेलिभिजन पत्रकार संघका अध्यक्ष बिनोद जगदलेले स्क्रिनिङका क्रममा पत्रकारलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्।
धेरैजसो पत्रकारमा एसिम्टोमेटिक कुनै पनि लक्षण नदेखिएको उनले बताए । उनीहरु फरक फरक मिडियामा काम गर्ने पत्रकार हुन्। टेलिभिजन पत्रकार संघ तथा संसदीय संवाददाता संघको अनुरोधमा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले मुम्बई म्युनिसिपल कर्पोरेसनलाई निर्देशन दिएपछि पत्रकारका लागि गत अप्रिल १६ र १७ तारिखमा विशेष स्क्रिनिङ क्याम्प गरिएको थियो।
महाराष्ट्रकी राज्यसभा सांसद प्रियंका चतुरर्वेदीद्धारा संयोजन गरिएको उक्त स्क्रिनिङमा संवाददाता र क्यामेरापर्सन गरी १७१ जनाको मुम्बई प्रेस क्लब नजिक कोरोना परीक्षण गरिएको थियो । उनीहरु मध्ये ५३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । परीक्षणका क्रममा खासगरी फिल्डमा खटिने पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागिअपनाउनुपर्ने सावधानीकावारे जानकारीसहित सचेत गराइएको थियो। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित