Health TV Online
Health TV Online
Health TV Online

यूएनएफपीएद्वारा सरकारलाई १ हजार २ सय पीपीई किट्स हस्तान्तरण

यूएनएफपीएद्वारा सरकारलाई १ हजार २ सय पीपीई किट्स हस्तान्तरण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले १ हजार २ सय पीपीई किट्स आज सरकारलाई हस्तान्तरण गरेको छ ।

यूएनएफपीएले सोमबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई उक्त सामानहरु हस्तान्तरण गरेको हो ।  सामान हस्तान्तरण कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक डोटेलले अहिलेको समयमा पीपीई किट्सको अति नै महत्व भएकाले सही समयमा सरकारलाई पीपीई सहयोग गर्ने यूयूएनएफपीएलाई धन्यबाद दिएका थिए ।

लगभग तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शु-कभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् ।

नेपालका लागि यूएनएफपीए प्रतिनिधि लुब्ना बाकीले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको सुरक्षा महत्वपूर्ण हुने बताइ्न । उनले स्वास्थ्यकर्मीको स्वास्थ्य र मनोसामाजिक विषयलाई पनि ध्यान दिनुपर्ने भन्दै यूएनएफपीए यो महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताइन्।

यसका साथै यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको बेला क्वारेन्टाइनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकता सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको छ । ती किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार