भेरी अस्पतालमा परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाको आशंकामा नेपालगंजको भेरी अस्पतालमा गरिएका पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
आइतबारदेखि शुरु भएको ल्याबमा पहिलो दिन नै नौं जना कोरोना शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिएको थियो । कोरोनाको शंका गर्दै गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।
भेरी अस्पतालमा हिजो आइतबारदेखि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न थालिएको हो । सरकारले भेरी अस्पताल र धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ल्याबलाई क्रस भेरिफिकेसन गर्ने ल्याबको रुपमा पनि राखेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम