Health TV Online
Health TV Online
Health TV Online

निको भएर घर फर्किए कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक

निको भएर घर फर्किए कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना भाइरस संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक पनि आज निको भएर घर फर्केका छन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवकको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ आएकाले आजै डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

उनी १६ दिनको अस्पताल बसाईपछि पूर्ण रुपमा निको भएर घर फर्केका हुन्। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।

हिजो मात्रै काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एक जना र बाग्लुङ अस्पतालबाट ६५ वर्षीय महिला पनि कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार