डडेल्धुरामा र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका व्यक्तिको पीसीआरमा नेगेटिभ
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डडेल्धुरामा भारतबाट आएका एक व्यक्तिमा र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना संक्रमण पोजेटिभ देखिए पनि पीसीआर गर्दा नेगेटिभ आएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको पुष्टी गरेको थियो । तर उनको पीसीआर गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ।
गत चैत ३० गते डडेल्धुरा अस्पतालले र्यापिड टेस्ट गरेको थियो। भारतको बैगंलौरबाट घर फर्किएका उनी कैलालीको गौरीफन्टाबाट आएका ९ सय ९९ मध्येका एक हुन्।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरेर बैशाख १ गते धनगढीको कोरोना प्रयोगशाला पठाएको थियो। र्यापिड टेस्टमा पोजेटिभ देखिएकाले स्वाब संकलन गरेर धनगढी पठाइएको थियो।
तर पीसीआरमा नेगेटिभ आएकाले होम क्वारेनटाइनमा बस्न भनेर उनलाई घर पठाइसकेको छ। स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टका अनुसार उनको ट्रेसिङ भइरहेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित