Health TV Online
Health TV Online
Health TV Online

कोरोनाको आशंकामा १ सय १७ जना आइसोलेसनमा, ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा

कोरोनाको आशंकामा १ सय १७ जना आइसोलेसनमा, ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोनाको आशंकामा देशभरका अस्पतालमा ११७ जना आइसोलेसनमा रहेको बताएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११७ जना आइसोलेसनमा रहेको बताएका हुन्। उनले उपत्यकामा ५ जना र उपयका बाहिर ११२ जना रहेको बताए । यसैगरी शनिबारसम्म विभिन्न देशबाट आएका र सम्भावित संक्रमित  भन्दै क्वारेन्टाइनमा रहनेको संख्या ४हजार ५ सय ३६ रहेको छ ।

यसैगरी २४ घण्टामा ६ सय २ जनाको पीसीआर र २ हजार ८ सय ८९ जनाको आरडीटीबाट कोरोनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या २७ हजार ४ सय ७१ पुगेको छ। उनले शनिबार कसैमा पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको पनि जानकारी दिए ।

शुक्रबार उदयपुरमा भेटिएका १२ र चितवनका दुई जना संक्रमितको कन्टयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए ।

नेपालमा हालसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना उपचारपछि निको भएर घर फर्केका छन्। अन्य २८ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार