सुदूरपश्चिमका पाँच संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः पोजेटिभ, एकको नेगेटिभ
शेर भण्डारी\ डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये ४ जनाको तेस्रोपटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः परीक्ष्ण गर्दा पनि पोजेटिभ आएकोहो । ।
धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीय महिलाको कोरोना रिपोर्ट फेरि ‘पोजेटिभ’ आएको अस्पतालले जनाएको छ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीका अनुसार तीनजनाको तेस्रो र लम्कीचुहा नगरपालिका १ की महिलाको दोस्रो रिपोर्ट ‘पोजेटिभ’ आएको हो।
संक्रमितमध्ये एक संक्रमितको दोस्रो रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ। डा जोशीका अनुसार दोस्रो रिपोर्ट ‘नेगेटिभ’ आउनेमा लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक हुन्।
उनको रिपोर्ट नेगेटिभ आएपनि अहिले उनलाई अस्पतालको आइसोलेसनमै राखिएको छ। डा जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्रै डिस्चार्ज गरिन्छ।
धनगढी उप–महानगरपालिका–५ का युवकको तेस्रो रिपोर्ट यसअघि नै आइसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भइरहेकोसमेत डा जोशीले बताए। संक्रमित पाँचैजना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित