सरुवा रोगका विज्ञ डाक्टलाई हतोत्साही गर्दै स्वास्थ्य मन्त्रालय, माग्यो स्पष्टीकरण
हेल्थ टिभी अनलाइन \काठमाडौं: देशमा कोरोना भाइरसको त्रास बढिरहेका बेला उता सरकारले भने देशकै सिमित विज्ञमध्येका सरुवा रोग विशेषज्ञसँग स्पष्टीकरण सोधेर हतोत्साही गराएको छ । सहज तरिकाले मिडियामा आउने र सरुवा रोगकावारेमा आफनो विचार दिंदै आएका सिमित विज्ञमध्येका एक डा शेरबहादुर पुनलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिखित स्ष्पष्टीकरण सोधेको हो ।
यस विषयमा हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा पुनले भने, ‘मैले मिडियामा कोरोना भाइरसकावारेमा बोलेका र लेखेका कुरालाई लिएर स्पष्टीकरण सोधेको भन्ने थाहा पाएँ तर पत्र हातमा परेको छैन्। पत्र आएकोवारे अस्पताल प्रशासनबाट फोन आएपछि थाहा पाएको पनि उनले जानकारी दिए । उनले भने, यस्तो हुन्छ भन्ने मलाई पहिले नै थाहा थियो, किनकी यसअघि नै मलाई मौखिक रुपमा स्वास्थ्य मन्त्रालयले बोलाएको थियो ।’ उनले भने म अध्ययन अनुसन्धानको विद्यार्थी भएकाले पनि मेरो काम नै अनुसन्धान गर्ने हो त्यही कुरा म लेख्छु र बोल्छु यही कुरा मन्त्रालयलाई मन परेन जस्तो छ ।’
कोरोनाको पहिलो संत्रमित आएदेखि नै डा पुनले यसबारे सचेत गराउँदै लेखहरु लेख्दै आएका थिए । डा पुनले जापानबाट सरुवा रोगमा पीएचडी गरेका हुन्। उनी हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिसर्च यूनिट प्रमुखका रुपमा कार्यरत छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित