उदयपुरमा रहेका १२ जना संक्रमितलाई विराटनगर लगियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई राती साढे ११ बजे नै विराटनगर लगिएको छ । उनीहरु १२ जना र उनीहरुसँगै रहेका ४ गरी १६ जनालाई बिराटनगरको कोरोना विशेष अस्पतालमा लगिएको हो।
संक्रमित १२ जनालाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए । यसैगरी बाँकी ४ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । कोरोना विशेष अस्पताल कोशी अस्पतालले नै हेर्ने गर्छ ।
शुक्रबार मात्रै उदयपुरको त्रियुगा नगरापलिकामा रहेको मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम