पाटन अस्पतालमा पनि शुरु भयो कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै ललितपुरस्थित पाटन अस्पतालमा पनि नमुना परीक्षण शुरु गरेको जनाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाटन अस्पतालमा आजैबाट परीक्षण शुरु भएको जानकारी दिएका हुन्।डा देवकोटाले भने, ‘पीसीआर प्रविधिबाट पाटन अस्पतालमा आजैबाट कोरोना नमुना परीक्षण शुरु गरेका छौं।’ योसँगै अब १४ स्थानबाट पीसीआर प्रविधिबाट कोरोना संक्रमणको नमुना परीक्ष्ण हुने पनि उनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण हुँदै आएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित