बिमा समितिले कम्पनीहरूलाई भन्यो, कोरोना भाइरस बिमा लेख जारी गर्नू
हेल्थ टिभी अनलाइन\काठमाडौं : बिमा समितिले कोरोना भाइरस बिमा लेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ। समितिले सबै निर्जीवन बिमा कम्पनीको बिमा पुलमार्फत सो व्यवस्था गर्न निर्देशन दिएको हो।
कोरोना भाइरसको संक्रमण नेपालमा पनि हालसम्म १६ जनामा देखिएको भन्दै सो रोग नेपालमा अझै फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरी न्युन आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले त्यस्तो बिमा लेख जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
घातक रोगसरहको बिमालेखअनुसार हुने गरी गर्ने व्यवस्था गरिएको जानकारी दिँदै समितिले सो कार्यक्रमलाई क र ख बिमांक कायम गर्नसमेत निर्देशन दिइएको छ। एक लाखसम्मको बिमांक राखेर सो योजना लागू गर्न भनिएको उल्लेख गर्दै समितिले व्यक्तिगतरूपमा बिमा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क कायम गर्न समितिले भनेको छ। परिवार सबैको बिमा गरिएको खण्डमा प्रतिव्यक्ति ६०० बिमा शुल्क कायम गर्न भनिएको छ।
यस्तै ५० हजारको बिमांक राखेर बिमा गर्न सकिने अर्को कार्यक्रम पनि ल्याइएको छ। त्यसमा व्यक्तिगतरूपमा बिमा गर्दा प्रतिव्यक्ति ५०० बिमा शुल्क कायम गर्ने र परिवारका सम्पूर्ण सदस्यको समेत बीमा समावेश भएमा प्रतिव्यक्ति ३०० बिमा शुल्क लिन भनिएको छ।
समितिका अनुसार दाबीका लागि बिमा शुरु भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहनेछ। उक्त बिमाको व्यवस्थापन लघुबिमा नै रहेको मौजुदा लघु बिमामार्फत गर्नुपर्ने र बीमा लेख जारी गर्दा कृषि बिमा तथा घुम्ती बिमाका लागि तोकिएका जिल्लामा सम्बन्धित कम्पनीले अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था गरिएको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित