सुदूरपश्चिममा ६ हजार २ सय २६ जनाको कोरोना परीक्षण
शेर भण्डारी \डडेल्धुरा: सुदूरपश्चिममा हालसम्म ६ हजार दुई सय २६ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीका अनुसार आज सम्म ‘पीसीआर’ प्रविधिबाट एक हजार ८ सय ९३ र र्यापिड टेस्ट मार्फत चार हजार तीन सय ३३ जना गरी ६ हजार दुई सय २६ जनाको कोरोना संक्रमण परीक्षण गरिएको हो ।
अहिलेसम्म र्यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। यसैगरी आजै मात्र धनगढीमा पीसीआर मेसिनमा परीक्षण गर्दा रुकुमका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएको भए पनि पुन परीक्षण का लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उक्त परीक्षणको रिपोर्ट आएपछि मात्र उनीहरुको रिपोर्टकाबारेमा सही जानकारी हुने केन्द्रले जनाएको छ । अहिले सम्म यी दुई केसलाई पुष्टि गरिएको छैन्।
सुदूरपश्चिममा मात्रै अहिलेसम्म ६ हजार ८ सय ७४ जनाको नमूना संकलन गरिएकोमा अझै ६ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि आपतकालिन केन्द्र डोटीले जनाएको छ।
आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप चार सय १६ जनाको नमूना परीक्षण गरिएको छ। यसैगरी सुदूरपश्चिमका ८ सय २४ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। कञ्चनपुरमा ४ सय ६८, बैतडीमा एक सय ८१, दार्चुलामा एक सय ५१, डडेल्धुरामा ११, डोटीमा चार सय १४, बझाङमा चार सय ७३, अछाममा एक सय ४३ र बाजुरामा ६३ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।
अहिलेसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच रहेको छ । उनीहरू सबै सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारमा छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम