Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोना संक्रमण परीक्षण हुने

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोना संक्रमण परीक्षण हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ।

मन्त्रालयले बिहीवार सूचना जारी गरी कोरोनाको उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि  र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) बाट परीक्षण गर्ने जानकारी दिएको हो।

यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडीटीबाट समेत परीक्षण गरिने भएको छ। मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाइएको छ।

नेपाल कोभिड– १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ। नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार