Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकमाथि लाठीचार्ज गर्नेलाई कारबाही गर्न संघको माग

चिकित्सकमाथि लाठीचार्ज गर्नेलाई कारबाही गर्न संघको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपाल चिकित्सक संघले कोरोनाको महामारीका बेला अस्पतालमा ड्युटी गरी फर्किएका चिकित्सकमाथि प्रहरीबाट भएको कुटपिटको विरोध गर्दै कारबाहीको माग गरेको छ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो महामारीका बेला हौसला दिनपर्ने चिकित्सकलाई उल्टै हातपात गर्नेमाथि कारबाहीको माग गरेको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले लेभल–३ कोभिड अस्पतालको रुपमा तोकिएको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्ति बाल अस्पतालमा न्याम्सका आवासिय चिकित्सक ड्युटी गरी आफ्नो कोठामा फर्किने क्रममा कान्ति बाल अस्पतालको ओरालोमा प्रहरीबाट हातपात र लाठी चार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानकर्षण भएको छ । अविलम्ब त्यस्ता प्रहरीहरुको छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दछ।’

संघले हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्न सक्ने तर्फ सचेत रहन पनि आग्रह गरेको छ।

संघका महासचिव डा बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन सरोकारवाला निकायलाई सचेत गराइएको जनाइएको छ ।

विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार