आमासहित परिवारका सबैलाई कोरोना संक्रमण, तीन महिने शिशुको रेखदेखको जिम्मा लिए नर्सले
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतमा सुत्केरी आमालाई कोरोना संक्रमण भएपछि बच्चाको रेखदेख अस्पतालले गर्दै आएको छ ।
भारतको छत्तीसगढको राजधानी रायपुरमा तीन महिनाको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएपछि शिशुले आमाको दुध समेत खान पाएको छैन्। नत नजिक जान नै । महिलामा कोरोनो पोजेटिभ पाइएपछि बच्चाको हजुरआमाले रेखदेख गर्दै आएकी थिइन ।
हजुरआमालाई समेत ज्वरो आउने खोकी लाग्ने भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको एम्स रायपुर अस्पतालले जनाएको छ । त्यसपश्चात बच्चाको मामाले उनको रेखदेखको जिम्मा लिएका थिए । हजुरआमालाई कोरोना पोजेटिभ देखिएको ४ दिनपछि मामाको परीक्षण गर्दा समेत कोरोना पाइएपछि तीनै जनालाई अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।
परिवारका तीनैजनामा कोरोना संक्रमण देखिएपछि तीन महिने शिशुको स्याहार गर्ने कोही नभएकाले अस्पतालले जिम्मा लिएको अस्पतालका निर्देशक डा. नितिन एम नागरकरले जानकारी दिए ।
अहिले बच्चाको हेरचाह अस्पतालका दुई नर्सले गरिरहेका छन्। बच्चामा पनि परिवारबाट कोरोना सरेको हुनसक्ने भन्दै नर्सहरुले पीपीई लगाएर हेरचाह गर्ने गरेको अस्पतालले जनाएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नजिक पुगेको छ भने ३९२ जनाले ज्यान गुमाएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स